राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यको नाम अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका तीन जना सदस्यको नाम टुंगो लागेको छ। राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदन गरेको हो ।

संघीय संसदका दुवै सदनको संयुक्त समितिको रुपमा रहने १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन जना रहन्छन्। जसअनुसार, माओवादी केन्द्रका जगप्रसाद शर्मा, एमालेका देवेन्द्र दाहाल र कांग्रेसका रमेशजंग रायमाझी सुनुवाइ समितिमा रहने भएका हुन् । बाँकी १० जना प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्छन् ।


सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने दलहरुबीच सहमति भइसकेको छ । संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुने व्यक्तिको नियुक्तिअघि संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्ने व्यवस्था छ।