काठमाडाैं । मलेरियाका कारण हरेक वर्ष ६ लाखभन्दा बढी मानिसको मृत्यु विश्व औलो दिवस हरेक वर्ष २५ अप्रिलमा मनाइँदै आएको छ । मलेरिया संक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने एउटा घातक रोग हो । पोथी एनोफिलिस लामखुट्टेले प्लाज्मोडियम परजीवी आफ्नो र्यालको माध्यमबाट फैलाउँछ जसले मलेरिया निम्त्याउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो रोगबाट प्रभावित देशहरूलाई मलेरियाको रोकथाम, पत्ता लगाउने उपाय तथा उपचारलाइ थप प्रभावकारीबनाउन आग्रह गरेको छ ।
डब्लुएचओ कुनै पनि व्यक्ति वा जनसंख्या यसको रेखदेख र उपचारबाट बन्चित नहुन भन्ने कुरा सुनिश्चित गर्दै सबैभन्दा कमजोर मानिसहरुमा ध्यान पुर्याउनु पर्ने कुरामा पनि जोड दिएको छ । विश्व मलेरिया दिवस – २०२३ का लागि डब्लुएचओले मलेरिया शून्य समयको लक्ष तय गरेको छ भने यसका लागि लगानी, नवीनता र कार्यान्वयनमा जोड दिएको छ । यसक्रममा डब्लुएचओले उपलब्ध उपकरण र रणनीतिहरूका साथ सीमान्तकृत जनसंख्यामा पुग्न जोड दिनेछ । डब्ल्यूएचओले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा मलेरियाको संक्रमण तथा मृत्युदरलाई ९० प्रतिशत भन्दा बढी घटाउने लक्ष लिएको छ । डब्ल्यूएचओ सन् २०१६ मै तय गरेको यो लक्ष अहिले निकै टाठा देखिन्छ ।
किनभने सन् २०२० मा ६ लाख २५ हजारको तुलनामा २०२१ मा मलेरियाबाट विश्वभर करिब ६ लाख १९ हजार मानिसको मृत्यु भए पनि २०२० को २४ करोड ५० लाख संक्रमितको तुलनामा २०२१ मा मलेरिया संक्रमितको संख्या २४ करोड ७० लाख पुग्यो । डब्ल्यूएचओका अधिकारी हरुका अनुसार कोभिड–१९ महामारीको बीचमा, माल्दिभ्स र श्रीलंकाले आफ्नो औलोमुक्त स्थिति कायम राखेका छन् भने नेपाल सहित यस क्षेत्रका अन्य चार देस – भुटान, कोरिया, थाइल्याण्ड र टिमोरले – २०२५ सम्म मलेरिया उन्मूलन गर्ने क्षमता राख्छन् ।
विश्वभर यस्ता देसको संख्या २५ छ । २०२० को अन्त्य सम्म दक्षिण-पूर्वी एशिया मात्र त्यस्तो क्षेत्र थियो जसले २०१५ को तुलनामा मलेरियाको संक्रमण र मृत्युदरमा ४० प्रतिशत कमी ल्याएको थियो। मलेरियाका दृष्टिले अहिले खासगरि अफ्रिकी देशहरू सबैभन्दा ठुलो जोखिममा छन् । त्यहाँ मलेरियाका कारण मारिने बालबालिकाहरूको संख्या पनि उच्च छ ।