काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले भ्रष्टाचारीलाई धरौटीमा उन्मुक्ति दिन नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले भ्रष्टाचार गरेको कसुर पत्ता लगाईसकेपछि धरौटी दिएर उन्मुक्ति दिने भन्ने विषय हटाउनुपर्ने बताएकी हुन् ।
सांसद राईले भ्रष्टाचार गरेको कसुर पत्ता लगाईसकेपछि धरौटी दिएर उन्मुक्ति दिने भन्ने विषय हटाउनुपर्ने बताईन् । ‘पैसामा भ्रष्टाचारलाई कन्भर्ट गर्छ त उसले ७० करोड भ्रष्टाचार गरेको छ भने पाँच करोड धरौटी राखेर छुट्छ, त्यसको के अर्थ रहन्छ’, उनले भनिन् ‘यसको लागि कडा भन्दा कडा कानुन् बन्नुपर्छ । भ्रष्टाचारीलाई आजीवन खोजेर कठघरामा उभ्याउनुपर्छ । विधेयकमा आएको पैसाको कुरा छ यसलाई संशोधन गर्नुपर्छ । र सजायमा कन्भर्ट गर्नुपर्छ ।’
सांसद राईले श्रमलाई सम्मान गर्ने र भ्रष्टाचारलाई घृणा गर्ने विधि र समाजको मनोविज्ञान जबसम्म स्थापित गर्न सकिँदैन तबसम्म भ्रष्टाचार निरन्तर हुने बताईन् ।
‘राष्ट्र सेवकले नै भ्रष्टाचार गर्यो भने खोज्ने कहाँ ?’ भन्दै सांसद राईले प्रश्न समेत गरिन् । ‘राष्ट्र सेवकले नै भ्रष्टाचार गर्यो भने खोज्ने कहाँ ? विधेयकमा आएको मलाई चित्त नबुझेको विषय जुन पाँच बर्ष भन्नेछ त्यो पाँच बर्ष यो सरकारलाई केन्द्रित गरेर नआएको रहेछ भने पनि जब भ्रष्टाचार गरेको व्यक्ति उम्किंदैन तबसम्म उसलाई आजीवन समाउनुपर्छ’, उनले भनिन् ।