तनहुँ १ उपनिर्वाचन : ३५ हजार मत गन्दा स्वर्णिम वाग्लेलाई ५१ प्रतिशत भोट



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा ५५ प्रतिशत मतगणना सकिएको छ । 

सोमबार दिउँसो ४ः३० बजेसम्म तनहुँ–१ मा ३५ हजार ३६ भोट गनिएको छ । आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो । 


आधाभन्दा बढी मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उममेदवार स्वर्णिम वाग्लेले ५१ प्रतिशत मत पाएका छन् । ३५ हजार ३६ भोट गणना हुँदा उनले १७ हजार ९०२ मत पाएका छन् । 

दोस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र यादवले ५ हजार ८६७ मत पाएका छन् । 

तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना जारी छ ।