काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुपर्ने बताएका छन् ।
शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले वर्तमान सरकारले कुनै पनि हालतमा सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहे पनि पूरा गर्नैपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको र त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।