छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप लगाइने



काठमाडाैं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने भएकाे हाे ।

यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ ।


मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।