सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको हो ।


सर्वोच्चले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिवक्ता पदम श्रेष्ठले केही दिनअघि दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।