आचारसंहिता अनुगमन गर्न आयोगको विशेष टोली परिचालन



काठमाडौं । निर्वाचन आयोगले यहि बैशाख १० गते हुने उपनिर्वाचनका लागि अनुगमन बिशेष टोली परिचालन गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै आजबाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितका गतिविधि बुझ्नका लागि बिशेष टोली परिचालन गरिएको जानकारी दिएको हो ।


आयोगले माैन अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेको छ 

आयोगले पाँच बुदेँ निर्देशन गरी मौन समयमा प्रचार प्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ ।

साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।