गुल्मीमा जंगलको आगो निभाउने क्रममा बालकको मृत्यु, एक घाइते



गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबार सुरु भएको आगो निभाउन गएका बेला स्थानीय १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो ।


बालकको पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्।

अर्का एक जना गम्भीर घाइते भएका छन् । ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका हुन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

गर्मीयाम सुरु भएसँगै देशभर आगलागीका घटना भइरहेका छन् ।