पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा



काठमाडौं, २५ कात्तिक। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरी नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । घोषित आन्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल बन्द गरिनेछ ।

यस्तै कात्तिक २५ गतै देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा एक घण्टा देशव्यापी प्रदर्शन, २८ कात्तिकमा १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकालिने छ ।