इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प



जाकार्ता, २५ कात्तिक। इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ ।

देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन ।


त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ः४५ बजेतिर भूकम्प गएको हो ।