कोशी प्रदेश सरकार बनेको सय दिन पूरा 



विराटनगर । कोशी प्रदेश सरकार बनेको आज सय  दिन पूरा भएको छ। 

सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।


मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार सरकारले  सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

चाहेजति गर्न नसके पनि यस अवधिमा सरकारले गति लिनेगरी केही महत्त्वपूर्ण काम भएको मुख्यमन्त्री कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले सरकारको मुख्य उपलब्धि नै प्रदेश नामकरण भएको बताएका छन् ।