बालुवाटारमा गोली चल्यो : वर्षमान पुनकी आमा घाइते, प्रहरी सहायक हवल्दार नियन्त्रणमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएका छन् । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ ।


माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा आमा घाइते भएकी हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदार समेत हुन् । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका क्रममा चीनमा छन् ।