थप ५३३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४८४ सङ्क्रमणमुक्त



काठमाडाैँ, २३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ ।


हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।

कोरोना सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भइसकेकाे छ ।

हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् ।

देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन् ।