पोल्याण्ड, २३ कात्तिक । आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको छ । प्रतिआतङ्कवाद इकाइका २५० सदस्यहरू सहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिएका छन् ।
उपमन्त्री वासिकले टिभिपि प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका कर्मचारीहरू सहित तैनाथ गरिएको र ती सबैले देशको सुरक्षामा ध्यान दिने बताएका छन् ।