सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा बुधबार निर्णय लिने बताएका छन् ।

मंगलबार चितवनमा आयोजित चुनावीसभामा लामिछानेले श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियोबारे पार्टीले भोलि निर्णय गर्ने बताएका हुन् ।


केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने उनले बताए । उनले अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिन प्रतिवद्धता व्यक्त गरेका छन् । रास्वपाको अनुशासन समितिले सांसद श्रेष्ठसँग आज बयान लिएको छ समिति समक्ष श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् ।