न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ



काठमाडौँ । प्रहरीले न्यायाधीश भुवन गिरीलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई आज (मंगलबार) काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो । उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ । उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ । उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ । गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।