ढाकाकुमारको अडियो प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो। उनीमाथि के कस्तो कारबाही हुने त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।


आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्।

सांसद श्रेष्ठको बारेमा आजको बैठकमा आवश्यक छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका एक सदस्यले जानकारी दिए।