मङ्गोलियाको पूर्वी क्षेत्रमा भीषण डढेलो



मङ्गोलियाले पूर्वी दुई प्रान्तमा भीषण आगलागी भएको छ । राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएअनुसार अग्नि नियन्त्रक र स्थानीय बासिन्दाहरूसहित दुई सय ५० भन्दा बढी व्यक्तिहरू आगो नियन्त्रणमा खटिएको नेमाले जनाएको छ ।

नागरिकको लापरवाहीका कारण शनिबार सुखबाटार प्रान्तको एर्दनेत्सागान सोम (प्रशासनिक उपविभाग) मा स्टेप्पेमा लागेको आगो छिमेकी डोर्नोड प्रान्तको क्षेत्रमा फैलिएको नेमाले विज्ञप्तिमार्फत जनाएको छ । यी प्रान्तमा हावाहुरी र सुख्खा मौसम र हुरीका कारण आगो निभाउन गाह्रो परेको अधिकारीहरूले जनाएका छन् ।


आपत्कालीन एजेन्सीले थप अग्नि नियन्त्रक, उद्धारकर्ताहरू र हेलिकप्टरहरू जङ्गलको डडेलो नियन्त्रणका लागि परिचालन गरिएको बताएको छ । यो वर्षमात्रै अहिलेसम्म मङ्गोलियाका आठ प्रान्तमा २५ वटा मैदान र जङ्गलमा आगलागी भएको छ ।