भीम रावलको प्रश्नः ‘अपानि झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ?’



काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । मंगलबार ट्वीट गर्दै उपाध्यक्ष रावलले १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज बोलाइएको छ ।

उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’