त्रिभुवन आर्मी क्लब फाइनलमा



काठमाडाैं । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ ।


त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक÷एक गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए ।

प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।

अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।