सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ ।


आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।