लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय



मनाङ । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ ।


कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् । जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन् । महिला एक हजार एक सय ३४ र पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उनले बताए । जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमा खुसी भएका छन् ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट जिल्लाका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।