संसद भवननजिकै आत्मदाहको प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेट अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन ।


काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए । ‘पारिवारिक कारण देखिन्छ । हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ’ एसएसपी कार्कीले भने ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका कारण पछिल्लो घटनामा युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए ।