सांसद पाण्डेको प्रश्न : सदनमा उठाएका प्रश्नको मन्त्रीले जबाफ दिएको खोइ ?



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सांसदले उठाएको प्रश्नमा सरकार मुकदर्शक बनेर बसेको बताएका छन् । प्रतिनिधिसधाको आज (शुक्रबार) को वैठकमा बोल्दै सांसद् पाण्डेले जनताको समस्या सांसद्हरुले उठाउँदा पनि सम्बन्धित मन्त्रीहरूले जबाफ नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

पाण्डेले भने, ‘हिजो पनि मन्त्रीले उत्तर दिनु भएन । आज पनि मन्त्री आउनु भएको छ छैन ? जनताको समस्या पोख्ने थलो हो संसद् । तर, सरकार मुकदर्शक बनेर बसेको छ । हरेक दिन मन्त्रीले सांसद्ले उठाएका कुराको उत्तर दिनुपर्छ ।’ सांसद् पाण्डेले सभामुखसमक्ष मन्त्रीले जबाफ दिने व्यवस्था मिलाउन मन्त्रीहरूलाई रुलिङ गर्न माग गरे ।