काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २८ जना काराेना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।