पश्चिमा मुलुक मस्कोको ‘अस्तित्व’ को लागि खतराः रूसी विदेशमन्त्री



रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको नयाँ विदेश रणनीतिले पश्चिमा मुलुक मस्कोको लागि ’अस्तित्वको खतरा’ का रुपमा चित्रण गरेको बताएका छन् ।

गत वर्ष युक्रेनमा सेना तैनाथ गर्ने रुसको निर्णयपछि पश्चिमा मुलुकसँग रूसको सम्बन्ध चिसिएको बेला यो घोषणा गरिएको हो ।


“हाम्रो देशको सुरक्षा र विकासको लागि अस्तित्वको खतराको प्रकृति, अमित्र राष्ट्रहरूको कार्यद्वारा प्रेरित छ,” विदेशमन्त्री लाभरोभले रूसको सुरक्षा परिषद्को बैठकमा भने ।

उनले भने, “नीतिमा संयुक्त राज्य अमेरिकालाई रूस विरोधी भावनाको मुख्य उक्साहट र चालकको रूपमा प्रत्यक्ष रूपमा नामकरण गरिएको छ ।”

“रूसलाई हरसम्भव तरिकाले कमजोर बनाउने पश्चिमाहरूको नीतिलाई नयाँ प्रकारको ‘हाइब्रिड’ युद्धको रूपमा चित्रण गरिएको छ,” उनले भने ।

विश्वमा ‘आमूल परिवर्तन’ का कारण विश्वव्यापी मञ्चमा संलग्नताका लागि रूसको रणनीतिको अद्यावधिक आवश्यक रहेको बताउँदै पुटिनले आफूले औपचारिक रूपमा ४२ पृष्ठको नयाँ दस्तावेज घोषणा गरेको स्वीकारे ।