बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।