मन्त्रालय बाँडफाँडबारे सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्दै



काठमाडौं । मन्त्रालयको भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज (बुधबार) पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी) ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।