काठमाडौं । सरकार विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चैत ६ मा संसदमा दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो । मंगलबार बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।