नेपाल-भारत सम्बन्ध प्रगाढ छ : माधव नेपाल



रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएको बताएका छन् ।

नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकामा आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा बोल्दै उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।


‘हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ । यद्यपि कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन्’, उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेको उल्लेख गर्दै उहाँले स्थायी समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए ।