डोटीको केदार ज्योतीपुञ्ज क्याम्पसमा नेविसंघको प्यानल विजयी



डोटी । डोटीमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । आइतबार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो ।

स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत प्राप्त गरेका छन् ।


त्यस्तै सचिवमा नेविसंघका सरोज साउद ४७ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुका एकम भाटले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि नेविसंघकै यसोदा कलेल ४६ मत सहित विजयी भएन भने उनका प्रतिद्वन्दी मञ्जिय ताडीले ३९ मत प्राप्त गरिन् । त्यस्तै सदस्यहरुमा नेविसंघकी रमिता बोहरा, अस्मिता बोगटी र हिरा पुन मगर सहित निर्वाचित भएकी छन् ।