प्रधानमन्त्रीलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद पद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।


सरकारबाट बाहिरिएपनि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।