समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको वैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बिहीबार) बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।


पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम छ । बैठकबाट सोही विषयमा निर्णय गरिने बस्नेतले जानकारी दिएका छन् ।