काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ ।
गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो ।
अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।
आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।