काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज (सोमबार) को खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।
आजको प्लेइङ ११ मा गुलशन झालाई बेञ्चमा राखेर करण केसीलाई टिममा फर्काइएको छ । यसअघि आइतबार युएईविरुद्धको खेलमा करण बेञ्चमा थिए । आइतबार युएईलाई हराउँदै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको थियो ।
आईसीसी विश्वकप लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंकका साथ चौथो स्थानमा छ । विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले आजको खेलसहित दुई खेल जित्नु पर्ने हुन्छ ।