जसपाबाट रामसहाय यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी पर्ने सम्भावना रहेको छ ।


शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट एक जना र जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दिने भएका हुन् । रामसहायसँगै जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिंदैछिन् ।

यता जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छिन् । यसअघि एमालेबाट उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छन् ।