काठमाडाैँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने चेतावनी दिएका छन् ।
शहीद तथा बेपत्ता परिवारले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले माओवादी अपरधी नभएको स्पष्टिकरण दिए ।
‘आज माओवादीले सारा बिगार्यो भन्नेहरू छन् । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ’, उनले भने ।
माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्याउने उनले चेतावनी दिए ।