राष्ट्रपति निर्वाचनका लागि दुईथरी मतपत्र(नमुना मतपत्रसहित)



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । जसमा संघीय सांसद( प्रतिनिधिसभा र राष्ट्रियसभा)का लागि रातो र प्रदेश सांसदका लागि हरियो मतपत्र हुनेछन् ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। फागुन २५ गते राष्ट्रपति पदका लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।