कमलविनायक–नगरकोट सडक निर्माणमा ठेकेदारकाे उपेक्षा, अब सरकारले सहँदैनः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार बिहान कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् ।

सडक अनुगमन गर्न गएका मन्त्री श्रेष्ठले अब सडक अलपत्र पार्ने ठेकेदारको कामलाई सरकारले नसहने बताएका छन् ।


उनले भने, ‘अरु कारण होइन यसमा ठेकेदारको उपेक्षा छ । अब हामी सहँदैनौं । अब काम गरेर देखाउनुपर्यो । जनताका गुनासाको सम्बोधन हुनुपर्छ । काम हुन्छ ।’

कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली सहभागी भएको थियो ।