कोसी प्रदेशमा आज सार्वजनिक बिदा



विराटनगर । कोशी प्रदेशले आज (बिहीबार) सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबारल नाम पाएको अवसरमा आज (बिहीबार) सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेश १ को नाम कोसी राखिएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको हो ।


बुधबार बसेको सभाको बैठकले प्रदेशको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ । बुधबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे ।

नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए ।