केपी ओली कप : आज सातदोबाटो र मछिन्द्र भिड्दै



काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा आज हुने फाइनल खेलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो । आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्प्लेक्सको खेल मैदामा हुदैँ आएको थियो ।


नेकपा एमाले निकट युवा सघको आयोजनामा भईरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।