आइसीसी यू–१९ विश्वकप छनोट : नेपाललाई ७३ रनको सामान्य लक्ष्य



काठमाडौँ । युएईमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ । मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ ।

मलेसियालाई सस्तैमा समट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए । मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए । भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२ – १२ रन जोडे ।