काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन । ११ फागुनमा अर्थमन्त्रीहरुको जी २० का सम्मेलनमा भाग लिन भारत गएका मन्त्री पौडेल शनिबार राति स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेको बताए ।
जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । उक्त सम्मेलनमा नेपाल सदस्य नरहे पनि भारतले नेपाललाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।