काठमाडौँ । राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवा बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् ।
राप्रपाका तर्फबाट सरकारमा उपप्रधान तथा ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्री ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।