स्पेनी प्रधानमन्त्री सान्चेज युक्रेनको भ्रमणमा



स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनको भ्रमण गरेका छन् ।

युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि प्रधानमन्त्री सान्चेज युक्रेनी राजधानी किभ पुगेका हुन् ।युक्रेनप्रति आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार उनले किभको यात्रा गरेको जनाइएको छ ।


‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन् ।

‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ’ उनले ट्वीट गरेका छन् ।