काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय आज (बुधबार) बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्ने महासचिव वेदुराम भुसालले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेेछन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव गरेका छन् । तर, एकीकृत समाजवादीले यसबारे कुनै ठोस निर्णय गरेको छैन । नेपालले राष्ट्रपतिका लागि बृहत छलफलको आवश्यकता रहेको बताउँदै आएका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दलका शीर्षनेताहरू आन्तरिक छलफलमा जुटेका छन् । शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।