प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँगको भेटवार्ताका क्रममा उनले प्रधानन्यायाधीश नियुक्तिको विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनु पर्छ भन्ने धारणा दोहोर्‍याएको महतोले बताएका छन् । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिएका थिए । राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।