बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने



४ कात्तिक। बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ । प्रदेशसभा सचिवालयका अनुसार २ बजे बाेलाइएकाे आजको बैठक विशेष कारण जनाउँदै बजे बस्ने गरी ३ सारिएको सचिवालयले जनाएको छ ।

(एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ ।


मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।