राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्न अब ढिला गर्न हुँदैनः पूर्वराजा शाह



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्न ढिला गर्न नहुने बताएका छन् ।

७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै पूर्वराजा शाहले अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्थाले आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु नहुने बताएका हुन् ।


उनले नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार भएको उल्लेख गर्दै अत्यन्तै प्रतिकुल पलहरुमा पनि संयमता र देशभक्ति नगुमाएर देश छोडेर नगएको बताएका छन् ।